बिहिबार, बैशाख १३, २०८१

बढ्दो चिसोका कारण उपत्यकासहित देशभर जनजीवन प्रभावित

 काठमाडौ पुस २२ , न्यूनतम तापक्रम घटेका कारण काठमाडौ उपत्यकासहित देशभर जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत ३ दिनयतादेखि १ डिग्रीमा झरेको छ । आजको न्यूनतम तापक्रम १.६ डिग्रीसेल्सियस रहेको मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बढ्दो चिसोका कारण तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहर सुरु भएको जनाउँदै तराई भेगमा बाक्लो हुस्सु लागेको जनाएको छ ।   त्यस्तै अझै न्यूनतम तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना अधिक रहेको जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।