शुक्रबार, बैशाख १४, २०८१

फोटो पत्रकार दिवसमा प्रभातफेरी

काठमाडौ वैशाख १३ , राष्ट्रिय फोटो पत्रकार महासंघको स्थापना दिवसको उपलक्ष्यमा आज प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।  राष्ट्रिय फोटो पत्रकार महासंघको आयोजनामा भएको प्रभातफेरीमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य , पूर्वअध्यक्ष तारानाथ दाहाल, धर्मेन्द्र झा र डा .महेन्द्र विष्ट लगायत सञ्चाकर्मीहरुको उपस्थिती रहेको थियो । 

विस १८८४मा गोरखापत्र दैनिकमा पहिलो फोटो प्रकाशित भएको दिनलाइ  राष्ट्रिय फोटो पत्रकारिता दिवसको रुपमा मनाउँदै आइरहेको छ ।

प्रभातफेरी कार्यक्रमलाइ महासंघकाकेन्द्रीय अध्यक्ष गोविन्द आचार्य , पूर्वअध्यक्षहरु र फोटो पत्रकार महासंघका अध्यक्ष धुव्र आले नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगर, लेखा समिति सदस्य मिरा भण्डारी लगायतका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो । प्रभातफेरी भृकुटीमण्डपबाट शरु भै भद्रकाली, शहिद गेट, नयाँ सडक, रत्नपार्क , पुरानो वसपार्क हुँदै पुन भृकुटीमण्डपमा आई सभा विर्सजन भएको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।