शुक्रबार, चैत्र १६, २०८०

फोटो पत्रकारद्वय डंगोल, शाक्यको सामुहिक प्रयास “जीवन्त संस्कृतिहरु” विमोचित

काठमाडौं असोज २८, नेपालका अनेकन जात्रापर्व  विभिन्न कारणले विलय हुँदै आइरहेको वर्तमान अवस्थालाई मनन गर्दै सम्पदा, संस्कृति र परम्परा, एवंम् धार्मिक   दस्तावेजको रुपमा रहेका यस्ता सामग्रीको संरक्षण र सम्बद्र्धन हुनुपर्ने सोच राख्दै पुस्तकका परिकल्पनाकार, फोटोपत्रकारद्वय शरण डंगोल, रेखा शाक्यको सामुहिक प्रयास जीवन्त संस्कृतिहरु” नामक पुस्तक एक कार्यक्रमकावीच शनिवार विमोचित गरिएको छ ।
पुस्तकका प्रकाशकद्वय डा. हेरम्ब बहादुर राजभण्डारी तथा श्रीमती स्नेहलता राजभण्डारीले संयुक्त रुपमा विमोचन गर्नु भएको  उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै डा. हेरम्ब राजभण्डारीले हाम्रो भाषा, परम्परा, संस्कृति, रितिरिवाज नै हाम्रो मौलिक पहिचान हो । हाम्रो पुर्खा, हाम्रो इतिहासलाई नियाल्ने र बुझ्ने आधार भनेकै यिनै हुन् । मानिस भई जन्म लिएर समाजको लागि केही गर्नु पर्छ अन्यथा त्यसको जन्मको कुनै अर्थ नरहँने बताउँनु भएको छ । त्यस्तै उहाँले नेपालका अनेकन जात्रापर्वहरु विभिन्न कारणले लोपउन्मुख भएको अवस्थामा पुर्खाको नासोका रुपमा रहेको मूर्त तथा अमूर्त सम्पदा, संस्कार, संस्कृति, परम्परा, रितिरिवाजको निरन्तरताको लागि कोशेढ्ङगा सावित हुने बताउँनु भएको छ ।
“जीवन्त संस्कृतिहरु” पुस्तकमा जम्मा २५ जात्राको जानकारीको साथै विभिन्न सालमा उक्त जात्राको क्रममा लेखकद्वयहरुले खिचिएका तस्वीरहरु संलग्न छन् । २४० पेज रहेको पुस्तकको मूल्य रु. १००० ( तोकिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।