काठमाडौँ पौष २९, फोटो पत्रकार क्लबका अध्यक्ष प्रकाश माथेमा नेतृत्को प्रतिनिधिमण्डले आईतवार अर्थमन्त्री शङ्करप्रसाद कोइरालालाई फोटो पत्रकारले आफ्नो हकहित सुनिश्चित गर्ने उद्देश्यले ज्ञापनपत्र बुझाउँदै कल्वलाई आर्थिक सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् । ज्ञापनपत्रमा समाचारलाई जीवन्त बनाउने फोटो पत्रकारिता गर्नेहरुलाई हेर्ने सरकारी दृष्टिकोण स्पष्ट नभएका कारण आफुहरु अपहेलित भएको गुनासो सहित फोटो पत्रकाररूरुले सम्पूर्ण उपकरणहरु आपैंmले किन्नुपर्ने तर आफुहरुले पाउने सुविधा भने न्यूनतम रहेको बताउँदै फोटो पत्रकारले लाखौं पर्ने उपकरणको बिमा गर्ने प्रबन्ध मिलाइदिन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै फोटो पत्रकारहरु दुर्घटनामा पर्ने, अङ्गभङ्ग हुने, क्यामेरा टुटफुट हुने र ज्यान समेतको जोखिम मोलेर काम गर्नुपर्ने अवस्था एकातिर छ भने अर्कातिर महँगा क्यामेरा र त्यसका पाटपुर्जा टुटफुट हुँदा आफुले बनाउन नसक्नाका साथै औषधि उपचार गर्न नसक्ने अवस्था रहेको विद्यमान रहको अवगत गराएका थिए ।
फोटो पत्रकारद्दारा पत्रकार हकहितका लागि अर्थमन्त्रीसँग आर्थिक सहयोगको माग
January 13, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु
- आज भगवान रामचन्द्रको पूजाअर्चना सहित रामनवमी पर्व मनाइँदैं
- सहकारीमा प्रकरणमा संलग्नता नरहेको सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेको प्रष्टोक्ति
- निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ: प्रधानमन्त्री
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख कार्यालयद्धारा पुनः आह्वान
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np