मङ्लबार, बैशाख ४, २०८१

फूटपाथमा बसेर लागुऔषध सेवन गर्दै आएका वालकत्रयको उद्धार

दमक फागुन १५ , झापाको दमकमा लामो समयदेखि सडक तथा फूटपाथमा बसेर लागुऔषध सेवन गर्दै आएका तीन जना बालकहरुलाइ सवाल नेपाल अनलाइन र लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पहलमा दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकले उद्धार गरेको छ ।
दमक ६ जेसिज चोक नजिकै सवाल नेपाल अनलाइनको कार्यालय अगाडि खाली ठाँउमा दिउसो १२ बजेतिर लागु औषध प्रयोग गरिरहेका बालकहरु देखिपछि उनिहरुको उद्धारका लागि सवाल नेपालका सम्पादक बिष्णुप्रसाद पोखरेल र प्रबन्धक केदारबाबु पौड्यालले शुरुवाती पहल गरेका थिए । त्यसमा लायन्स क्लवका अध्यक्ष रुद्र गौतमले साथ दिएका थिए । लागु औषध प्रयोग गरिरहेका दमक १३ का दूइ श्रेष्ठ दाजुभाइको बुबाको केहि बर्ष अघि मृत्यु भएको र आमा पनि अर्कैसंग विवाह गरेपछि साहारा विहिन भएको पाइएको थियो । अर्का दर्जी बालकको आमा विदेश गएको र बुबा मिस्त्रि काम गर्दै गरेको बताएका थिए । उनिहरु लागु औषधमा लठ्ठि रहेका थिए ।

लायन्स क्लव अफ माउण्ट एभरेष्ट र सवाल नेपाल अनलाइनको पहलमा उद्धारका लागि दमक नगरपालिका उपप्रमुख गिता अधिकारी उक्त स्थलमा नैे आएकी थिइन । त्यो समयमा पनि बालकहरु लागु औषध प्रयोग गरिरहेका थिए । नगर उपप्रमुख अधिकारीले उनिहरुको अवस्था देखेर भावुक बन्दै राख्ने ठाँउको खोजी गरेकी थिइन् । तत्काल लागि राख्न दमकमा नै रहेको हेप्पी नेपाल सुधार केन्द्र तयार भएपछि उठाएर उनिहरुलाइ त्यहि लगिएको थियो । उनिहरुको अवस्था अहिले सामान्य रहेको उपप्रमुख अधिकारीले जानकारी दिइन् । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरी समेत उद्धार कार्यमा आएका थिए । दमकमा यस प्रकारका डेढ दर्जनभन्दा बढि बालबालिका रहेको गिरीले जनाए । उपप्रमुख अधिकारीले सबैलाइ ३ महिनाभित्रमा उद्धार गर्न योजनाका साथ लागि पर्ने बताइन् ।

३ जनालाइ सुधार गृहमा राखिएको र अरुलाइ पनि सुधार गृहमा राख्नका लागि आफूहरु सहयोग गर्न तयार रहेको लायन्स क्लव अफ माउण्ट एभरेष्टका अध्यक्ष गौतमले बताए । उनले अरु सामाजिक संघसंस्थाहरुसंग समन्वय गरेर यस्ता बालबालिकाहरुको उद्धार गरिने उनको भनाइ रहेको थियो ।  सडकमा रहेका ३ बालकहरुलाइ उद्धार कार्यमा दमक नगरपालिकाका सामाजिक शाखा प्रमुख डम्बर बराल, लायन्सकर्मीहरु चन्द्र गजमेर, मनोज अग्रवाल, बुद्धिशेखर भट्टराइ लगायतले तत्काल उद्धारमा सहयोग पर्याएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।