शनिबार, बैशाख ८, २०८१

फरार अभियुक्तसँग नाम थर मिल्दा कारागार चलान

काठमाडौं वैशाख १४,   रक्तचन्दन तस्करीमा संलग्न फरार अभियुक्तसँग नाम थर मिलेका कारण कारागार चलान भएका झापा मेचीनगरका श्याम थापा १३ दिनपछि रिहा भएका छन् । काठमाडौं, वैशाख १४ । रक्तचन्दन तस्करीमा संलग्न फरार अभियुक्तसँग नाम थर मिलेका कारण कारागार चलान भएका झापा मेचीनगरका श्याम थापा १३ दिनपछि रिहा भएका छन् ।

झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा पीडित मेचीनगर–६ का ३५ वर्षीय थापालाई निर्दोष सावित गर्दै चन्द्रगढी कारागारबाट बुधबार मुक्त गरिएको हो ।  २०६४ जेठ २२ मा झापाको साविक टाघनडुब्बा–२ का गुलाम मिया मौलवीको घरबाट प्रहरीले रक्तचन्दन बरामद गरेको थियो । रक्तचन्दन लुकाएको आरोपमा मेचीनगर–१० का अर्कै श्याम थापा नाम गरेका व्यक्तिलाई झापा जिल्ला अदालतले २६ लाख ९९ हजार दुई सय जरिवाना र ६ महिना कैदसजाय हुने ठहर गरेको थियो ।

मुद्दामा नाम थर मिलेका मेचीनगरका श्याम थापा पक्राउ परेका थिए । फरार खोज्दा प्रहरीले कतारबाट फर्किएका निर्दोष श्यामलाई पक्राउ गरी कारागार चलान गरेको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।