शुक्रबार, बैशाख १४, २०८१

फरक..

-किरन कार्जित-

तिमी थियौ साथ हर रंग संंगै थिए
तिमी गयौ, साथ हर रंग संगै गए
गुनासो यद्धपि छैन
जिन्दगी को देन
रम्नुको सुत्र थियो प्रेम
अब त्यो रहेन

तिमी थियौ म थिएं
बिचमा पूल प्रणयको
तिमी छौ म छु बिचमा पुल निर्णयको
चमकी जो रहन्थो खुशीले नयन
रम्नुको सुत्र थियो प्रेम अब त्यो रहेन

तिमी संगै आए ढुकढुकीको लहर
तिमी गयौ बने हर खुशी नै कहर
अरुको के कुरा, आफ्नै नै आफ्नो रहेन
रम्नुको सुत्र थियो प्रेम
अब त्यो रहेन……

सितापाईला