शुक्रबार, चैत्र १६, २०८०

प्र.म. तथा म.प.को कार्यालयको कडा निर्देशन, सरकारी कर्मचारीको विदेश भ्रमण स्थगित

करिब २१ करोड जोगियो

काठमाडौं, फागुन ११,  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरकारी कर्मचारीको सम्पूर्ण विदेश भ्रमण स्थगित गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयका सचिव र अन्य सरकारी निकायका प्रमुखलाई उक्त निर्देशन बिहीबार पठाएको हो । यो निर्देशनसँगै आगामी एक महिनाभित्र विदेश जाने तयारीमा रहेका करिब ३ सय ५० सरकारी कर्मचारीको विदेश भ्रमण स्थगित भएको आजको नागरिक दैनिकमा खवर प्रकाशित भएको छ ।

कर्मचारी विदेश भ्रमणमा नजाने भएपछि राज्य ढुकुटीबाट करिब २१ करोड रुपैयाँ जोगिएको छ । आन्तरिक स्रोतले नियमित खर्च धान्न नसकि सरकार ऋणमा चलिरहेको अवस्थामा सरकारी कर्मचारी लर्को बाँकी करोडौं रुपैयाँ खर्चेर अनावश्यक रुपमा विदेश भ्रमणमा निस्केपछि त्यसलाई नियन्त्रण गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।