बिहिबार, बैशाख १३, २०८१

प्र.म.ओलीलाइ दुई तिहाइ सहितको विश्वासको मत

  •  सरकारबाट जनताले भाषण होइन एक्सन खोजेकोमाओवादी केन्द्रका अध्यष् प्रचण्डको भनाइ
  •  सरकारले अगाडि सार्ने आर्थिक समृद्धिको कार्ययोजनामा हेरेर सहयोग र समर्थन एवं विरोध गर्ने काँग्रेस संसदीय दलका उपनेता गच्छदारको जनाउ  

 काठमाडौ फागुन २७,   प्रतिनिधिसभामा आइतबार अपरान्ह बसेको बैठकमा प्रम केपी ओलीले दुई तिहाइ २०८ मत सहित विश्वासको मत पाएका छन् ।   संविधानको धारा ७६ को उपधारा ४ मा प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुरुप  आजको बैठकमा प्रधानमन्त्रीले विस्वासको मत लिनु भएको हो ।

 गत फागुन ३ गते प्रममा नियुक्त ओलीको पक्षमा वाम गठबन्धन अन्र्तगत एमाले, माओवादी केन्द्र, त्यस्तै गरि राजपा , संघीय समाजवादी फोरम, राप्रपा, जनमोर्चा र स्वतन्त्र सांसद छक्कबहादुर लामाले समर्थन दिनु भएको थियो ।  प्रम ओलीको पक्षमा २०८ र विपक्षमा ६० मत खसेको थियो ।

यसअघि बैठकमा विश्वासको मत लिनेक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रम ओलीले सरकारले लोकतन्त्रको रक्षा गर्दै  मुलुकको समृद्धिको यात्रामा अगाडि बढेको बताउँनु भएको छ ।  त्यस्तै  उहाँले आफू एमाले र माओवादी केन्द्रको मात्रै प्रधानमन्त्री नभई नेपालको प्रधानमन्त्री भएकाले कुनै पनि शंका नगर्न आग्रह गर्दै जनताका सामु गरेको सबै प्रतिबद्धता पूरा गर्नुका अलावा देशको अर्थतन्त्रमा सकारात्मक परिणाम निकालेरै छाड्ने बताउनु भएको छ । साथै कैलाली घटनाका दोषीलाई गिरफ्तार गरेर कारबाही गरिएको सदनलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बोक्सी प्रकरणमा संलग्न दोषीलाई कारबाही गर्न निर्देशन दिइसकेको जनाउ दिदै दोषीलाई कडा कारबाही गरेर छाड्ने र कोही कसैलाई पनि छुट नदिइने जनाउ दिनु भएको छ ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद बैठकलाइ सम्बोधन गर्दै सरकारबाट जनताले भाषण होइन एक्सन खोजेको बताउँनु भएको छ । त्यस्तै उहाँले शान्ति सम्झौताका केही काम बाँकी रहेको जनाउ दिदै बेथिति, कुशासनविरुद्ध जनताले हामीबाट विकास र समृद्धि खोजेका छन् । त्यसैले सोझै परिणाम दिने गरी अघि बढ्न आग्रह गर्नु भएको थियो ।

 यसैवीच संसद बैठकलाइ सम्बोधन गर्ने क्रममा नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रतिपक्षबिनाको संसद् हुन नसक्ने बताउँदै प्रम ओलीलाई आफ्नो दलले समर्थन गर्न नसक्ने बताउनुभएको छ । त्यस्तै उहाँले सरकारले अगाडि सार्ने आर्थिक समृद्धिको कार्ययोजनामा आफ्नो पार्टीले पूर्णरुपमा सहयोग र समर्थन गर्ने जनाउ दिदै सरकारको काम कारबाही हेरेर सहयोग, समर्थन एवं आलोचना र विरोध गर्ने बताउँदै प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।