शुक्रबार, बैशाख ७, २०८१

प्र.न्या.पराजुलीलाइ बाध्य पारेर राजीनामा दिन लगाइएको कानुन व्यवसायीहरुको जिकिर

काठमाडौं चैत्र १, सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएका छन् । शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उनले राजीनामा बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  प्र.न्या गोपाल पराजुलीज्यूले नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम मिति २०७४/१२/१ गतेदेखि लागू हुने गरी सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदबाट राजीनामा दिनु भएको राष्ट्रपतिको कार्यालयले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।राजीनामा दिनुअघि पराजुलीले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत भेटेको स्रोतको दावी रहेको छ ।

यसैवीच रिर्पोर्टस क्लब नेपालले आज आयोजना गरेको साक्षत्कार कार्यक्रममा कानुन व्यवसायीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई राजीनामा दिन बाध्य बनाइएको विचार व्यक्त गरेका छन् । यस क्रममा राष्ट्रिय सभाका सांसद समेत रहनुभएका वरिष्ठ अधिवक्ता अधिवक्ता रामनारायण विडारीले न्यायपरिषद्को सचिवलाई प्रधानन्यायाधीशका बारेमा बोल्ने अधिकार नभएकाले जवर्जस्ती राजीनामा गर्न लगाएको जनाउ दिनु भएको छ ।

त्यस्तै नेपाल बार एशोशिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले विवादमा आएपछि पराजुलीले राजीनामा दिनु बुद्धिमानी भएको जिकिर गर्नु भएको छ । त्यस्तै बारका महासचिव खम्बवहादुर खातीले ‘पराजुलीले आफूखुशी राजीनामा दिएका नभई विभिन्न तरिकाले राजीनामा दिन बाध्य पारिएको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728