शुक्रबार, चैत्र १६, २०८०

प्र.ज.प्रसैलाविरुद्ध मुद्दा दायर

काठमाडौ फागुन १५,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थायी प्रहरी पोष्ट लक्ष्मीनियाँ, धनुषामा कार्यरत प्रहरी जवान मनोज प्रसैलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  
आयोगद्दारा आज जारी विज्ञप्तिमा मदिरा बिक्री वितरण सहज बनाइदिने भनी सेवाग्राहीबाट रु १० घुस रकम सहित आयोग टोलीले केही दिनअघि प्रसैलालाई पक्राउ गरेको उल्लेख गरिएको छ । प्रहरी जवान मनोज प्रसैलाले सोही कार्यालयका प्रहरी सहायक निरीक्षक सन्तोषकुमार सिंहसंगको मिलेमतोमा घुस लिएको आयोगको आरोप सहित आयोगले बिगो असुल उपर गरी कैद सजायको माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।