-फणीन्द्र फुयाल –
यस वर्षको बर्षायाम सुरु भइसकेको छ । नेपालमा पश्चिमी बायु (बंगालको खाडी) को प्रभावका कारण मौसममा परिवर्तन हुने गरेको मौसमविदहरुले भन्ने गरेका छन् । हरेक वर्ष नेपालमा भारी वर्षाका कारण लाखौँ धनजनको क्षति हुने गरेको छ । गत वर्ष मात्र भारी वर्षा हुँदा देशको प्रमुख राजधानी काठमाडौं, भक्तपुर, पूर्वि तथा पश्चिम तराईका धेरै मानिसहरुको उठिबास भयोे, घर र झुपडीहरु डुवानमा परे भने हजारौँ बिघामा लगाइएको धान र तरकारी बालि नष्ट भयो । पहाडी जिल्लाका धेरै स्थानमा भूकम्पले पिडित नेपाली पहिरोको चपेटामा परे ।
नेपाल जस्तो बिकासोन्मुख र हिमाल, पहाड अनि तराईको भौगोलिक उपहार प्राप्त देशमा वर्षैनी प्राकृतिक प्रकोपका कारण धेरै क्षति हुने गरेको छ । सुख्खा याममा डँढेलो र आगलागिबाट पिडित हुने नेपालीहरु वर्षौँदेखि यस्ता प्रकृतिक प्रकोपको सिकार हँुदै आएका छन् । देश यतिबेला संघीयता प्रणालीमा गइसकेको छ । सिंहदरबारको अधिकार गाउँ गाउँमा प्रत्यायोजन भइसकेको यस परिप्रेक्षमा प्राकिृतक प्रकोपको लागि आर्थिक र भौतिक रुपमा सहयोग गर्न सबै गाउँपालिका, नगरपालिका, स्थानीय सरकार, प्रदेश सरकार र समग्रमा केन्द्रीय सरकार तयारी अवस्थामा रहनु पर्दछ । सबै जिल्लाका दैविप्रकोप व्यवस्थापन समिति, रेडक्रस, सामाजिक संघ संस्था र विशेष गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि तम्तयार अवस्थामा बसिरहनु पर्छ ।
दैबिप्रकोपमा परेका नेपालीहरुको समयमै उद्धार र राहत वितरण गर्न सरकारले गाउँ गाउँमा टोलि खटाउन सक्ने गरी बैलेमा व्यवस्था मिलाई रहनु पर्छ । यातायातको पहुँच नपुगेका स्थानमा उद्धार र राहत वितरण गर्न सरकारले पर्याप्त मात्रामा हेलिकोप्टर, पहिरोले सडक अवरुद्ध पुर्याउन सक्ने सम्भावित स्थानमा बेलैमा डोजर र पर्याप्त बजेटको पनि व्यवस्था मिलाइराख्न जरुरी छ । दूर्घटना र दैविप्रकोपले कतिबेला कस्तो रुप धारण गरेर प्रस्तुत हुन्छ त्यसको पूर्णं रुपमा पूर्व जानकारी नहुने भएकाले क्षति कम गर्न भने बेलैमा सचेत भएको खण्डमा ठूलो दूर्घटनाबाट जोगिन सकिन्छ ।
खासगरी नेपालमा कतिबेला कुन समस्या देखा पर्छ ? कति क्षति हुन्छ ? अनि मात्र त्यससम्बन्धि नीति, नियम बनाउने कार्यले गर्दा यो देश प्रयोगशालाको रुपमा धेरै वर्षदेखि चल्दै आयो । राजनीतिक रुपमा जसरी देश लामो समयदेखि तरल अवस्थामा बहदै आयो देशका अन्य निकायहरु पनि त्यसको सिकार बन्दै गए । यतिबेला देशले बल्ल एउटा मूर्त रुप लिन खोज्दै छ । देशमा स्थायी सरकार निर्माण भइसकेको छ । राजनीतिक तरलताको अन्त्य भएको छ । बिगतका कमि कमजोरीहरुबाट पाठ सिक्दै, वैदेशिक सहायता लिँदै सरकार अगाडि बढिरहेको छ ।
सरकारले गरेका हरेक कामको बिरोध गर्ने मात्र होइन देश निर्माणमा हरेक क्षेत्र र बर्गका नागरिकले आफ्नो दायत्वि पनि पुरा गर्दै जाने हो भने आगामि दिनमा आउन सक्ने हरेक प्रकारका प्राकृतिक, राजनीतक, आर्थिक, साँस्कृतीक र मानवनिर्मित समस्याहरुको सहजै समाधान गर्दै देशलाई संविधानमा उल्लेख गरिए जस्तै समाजवाद सम्म पुर्याउन सकिने थियो । यसमा सरकारको मात्र मुख ताकेर नभई हरेक नेपालीले आफ्नो तर्फबाट पनि केही समाजसेवी भावले काम गर्न जरुरी छ । (फुयाल ,पत्रकार महासंघ काठमाडौंका सदस्य हुनुहन्छ )
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- गण्डकी प्रदेशसभाको अधिवेशन आव्हान ,विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको तयारी
- रास्वपाभित्रै उठ्यो सहकारीसम्बन्धी छानबिनको लागि समिति बनाउने आवाज
- आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु
- आज भगवान रामचन्द्रको पूजाअर्चना सहित रामनवमी पर्व मनाइँदैं
- सहकारीमा प्रकरणमा संलग्नता नरहेको सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेको प्रष्टोक्ति
- निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ: प्रधानमन्त्री
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख कार्यालयद्धारा पुनः आह्वान
- लोसपा सरकारबाट बाहिरियो, मुख्यमन्त्री यादवलाइ विस्वासको मत नदिने
- सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान
(फुयाल ,पत्रकार महासंघ काठमाडौंका सदस्य हुनुहन्छ )