शनिबार, बैशाख ८, २०८१

प्रहरीको ज्यादती प्रति महासंघको ध्यानाकषर्ण

काठमाडौ जेठ १८,  नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा ५ जना पत्रकारलाई प्रहरीले ६ घण्टा नियन्त्रणमा लिनुका साथै उनीहरूले क्यामेरामा खिचिएको दृश्यसमेत मेटाएको घटनाप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।   महासंघका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा जेठ १७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल परिसरमा दिउँसो ३ः०० बजेतिर समाचार संकलन गरिरहेका अनलाइन टिभी अन्नपूर्णका पत्रकारहरू राजु सुवेदी, सर्मिला सुवेदी, विमल खड्का, राजकुमार विष्ट र विनोद देवकाटालाई  प्रहरीले ६ घण्टा नियन्त्रणमा लिएर मानसिक तनाव दिनुका साथै उनीहरूले क्यामेरामा खिचिएको दृश्यसमेत मेटाएका उल्लेख गरिएको छ ।

 त्यस्तै विज्ञप्तिमा पत्रकारको समाचार संकलन गर्ने संविधानप्रदत्त अधिकारलाई बिर्सेर आमनागरिको सुरक्षामा तैनाथ प्रहरीबाट भएको यो ज्यादतीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्दै महासंघले घटनाको कडा शब्दमा भत्र्सना सहित घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्नुका साथै पत्रकारको सुरक्षामा गम्भीर भई पत्रकारलाई निर्वाध प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाउन सरकारसंग माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।