मङ्लबार, बैशाख ४, २०८१

प्रहरीको अभद्र व्यवहार एवम् कुटपिट घटनाप्रति युनियनद्वारा भत्सर्ना सहित खेद व्यक्त   

काठमाडौ पुस  १६, नेपाल प्रेस युनियनले नेपाल टेलिभिजनका कञ्चनपुर समाचारदाता पदमराज बोहोरालाई प्रहरीले अभद्र व्यवहार गरी कुटपिट गर्नाका साथै हिरासतमा लिएको घटनाप्रति आपत्ति प्रकट गरेको छ ।  पुस १३ गते राति महेन्द्रनगर नगर विकास समितिको जमीन प्रकरणको समाचार सङ्कलनका क्रममा पत्रकार बोहोरालाई परिचयपत्र देखाउँदा पनि प्रहरीले अभद्र व्यवहार, कुटपिट र हिरासतमा लिएको भन्दै युनियनले सो कार्यप्रति खेद व्यक्त गरेको हो।

प्रहरीले पत्रकार बोहोराको परिचयपत्र च्यात्नुका साथै क्यामेरासमेत तोडफोड गरेको घटनाले उक्त क्षेत्रमा कार्यरत पत्रकार भयमा रहनाका साथै प्रहरीको हिंस्रक रुप उदाङ्गो भएको जनाएको छ ।

कुटपीट र तोडफोडमा उत्रिएको प्रहरीले पत्रकार बोहोरालाई ज्यान मार्ने धम्कीसमेत दिएको घटनाको निष्पक्ष छानबिन गर्न युनियनले माग गरेको छ । पीडितको क्षति पु-याइएको सञ्चार सामग्री उपलब्ध गराई तथा दोषी प्रहरीलाई कारवाहीको माग गर्दै भयरहित वातावरणमा समाचार सङ्कलन गर्ने वातावरण बनाउन प्रशासनसहित सम्बन्धित सरोकारवाला समक्ष युनियनले माग गरेको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु