बिहिबार, चैत्र १५, २०८०

प्रस्तावित प्रन्या जबरा विरुद्ध १० दिने उजुरी दिन समयसिमा दिइयो

काठमाडौं पौष १ संसदीय सुनुवाई विशेष समितिको सिंहदरबारमा आज बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबराको सुनुवाई प्रक्रिया सुरु गरेको छ ।

यसक्रममा समितिले सवोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध कुनै बदनियत उजुरी भए समितिको सचविालयमा दिन सर्वसाधारणलाइ आव्हान गर्दै उजुरीका लागि १० दिनसम्म समयसिमा तोकेको छ ।

बिहीबार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गर्दै सुनवाइको लासग समितिमा पठाएको हो । यदि समितिले सुनवाइको क्रममा प्रस्तावित प्रन्या जबराको सुनुवाइ चित्त बुझे प्रधानन्यायाधीशमा उनको नाम अनुमोदन गर्ने र त्यसपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेका छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।