बिहिबार, चैत्र १५, २०८०

प्रस्तावित ‘आमसञ्चारमाध्यमसम्बन्धी विधेयक, २०७५’को मस्यौदामाथि सुझाव दिन महासंघको आग्रह

 काठमाडौ असार १२,  नेपाल पत्रकार महासंघले आमसञ्चारका सबै माध्यम छापा, टेलिभिजन, रेडियो, अनलाइनलाई अझ व्यवस्थित बनाउने लक्ष्य सहित महासंघका पूर्व सभापति सुरेश आचार्यको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको प्रस्तावित ‘आमसञ्चारमाध्यमसम्बन्धी विधेयक, २०७५’को मस्यौदामाथि सुझाव दिन आमसञ्चारसँग सम्बन्धित संस्था, सञ्चारकर्मी एवं सरोकार निकायसँग आग्रह गरेको छ ।

महासंघले प्रस्तावित ‘आमसञ्चारमाध्यमसम्बन्धी विधेयक, २०७५’को मस्यौदामा अभिव्यक्ति स्वतन्त्रता एवं सुसूचित हुन पाउने हकलाई सुनिश्चित गर्दै स्वतन्त्र, पारदर्शी र व्यावसायिक आमसञ्चारमाध्यमको दिगो विकासका लागि प्रस्तुत विधेयकको मस्यौदा गरेको हो ।

मुलत विधेयकको मस्यौदामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सुसूचित हुन पाउने नागरिक हकलाई सुनिश्चित गर्न, आमसञ्चारमाध्यमको विकास, प्रवद्र्धन र नियमनका लागि राष्ट्रिय आमसञ्चार प्राधिकरण स्थापना गरिने उल्लेख गरिएको छ । प्राधिकरणको अध्यक्षमा सभामुख रहने व्यवस्था गरिएको छ भने पत्रपत्रिका व्यवस्था, अनलाइनसम्बन्धी र आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको व्यवस्था पनि मस्यौदामा रहेको छ । छलफलमा प्राप्त सुझाको आधारमा महासंघले एकिकृत मस्यौदा छिटोभन्दा छिटो सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको बताएको छ ।