शुक्रबार, बैशाख ७, २०८१

प्रश्न सोधैकै आधारमा कार्यक्रम बन्द गराइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप : महासंघ

कार्यक्रम बन्द गराएर मन्त्री वास्कोटा र केपी ओली नेतृत्वको सरकारले अधिनायकवादी चरित्र देखायो :प्रेस युनियन

 काठमाडौ जेठ ३०, नेपाल पत्रकार महासंघले नेपाल टेलिभिजनमा विगत १२ वर्षदेखि प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ नामक अन्तर्वार्तामूलक कार्यक्रमका कार्यक्रम प्रस्तोता राजु थापाले प्रश्न सोधेकै आधारमा कार्यक्रम नै बन्द गराइएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  हरेक शनिबार राति ८ः४५ मा प्रसारण हुने उक्त कार्यक्रमअन्तर्गत गत शनिबार सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रस्तोता थापाले मन्त्रीसँग सम्पत्ति विवरणका सम्बन्धमा प्रश्न सोधेपछि मन्त्रीकै प्रत्यक्ष निर्देशनमा उक्त कार्यक्रम बन्द गराइएको महासंघका महासचिव रमेश विष्टद्दारोद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कार्यक्रम प्रस्तोता थापाको भनाइ उदृत गर्दै जारी विज्ञप्तिमा उल्लेख भएअनुसार प्रश्न सोधैकै आधारमा निरन्तर रूपमा प्रसारणमा रहेको कार्यक्रम बन्द गराइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र लोकतन्त्रको उपहासका साथै प्रेसको विश्वव्यापी मान्यताविपरीतको कार्य रहेको महासंघको ठहर रहेको जिकिर गर्दै महासंघले सरकारले नीति तथा कार्यक्रममा आफूले सञ्चारमाध्यम सञ्चालन नगर्ने प्रतिवद्धता गरेको स्मरण गराउन चाहन्छ भनिएको छ ।

त्यस्तै विज्ञप्तिमा लोकतन्त्रमा प्रश्न सोध्ने र आफ्नो कुरा राख्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको अवस्थामा सञ्चार जगतको हकहितको जिम्मेवारी लिनुपर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाटै प्रेसलाई हतोत्साहित बनाउने गरी भएको यस्ता कार्यले सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर र प्रतिवद्ध नरहेको देखाउँछ भन्दै महासंघ प्रस्तुत घटनाप्रति खेद व्यक्त गरेको छ । साथै विज्ञप्तिमा तत्काल कार्यक्रम सुचारु गराई संविधानप्रदत्त प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ भनिएको छ । यसैवीच नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले पनि प्रस्तुत घटनाप्रति खेद व्यक्त गरेको छ ।

त्यस्तै नेपाल प्रेस युनियनले पनि नेपाल टेलिभिजनमा विगत १२ बर्षदेखि प्रस्तोता राजु थापाले सञ्चालन गर्दै आएको कार्यक्रम ुसिधा प्रश्नु नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद वास्कोटाको प्रत्यक्ष निर्देशनमा बन्द भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  युनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा जारी विज्ञप्तिमा  ुसिधा प्रश्नु मा सम्पति विवरणका प्रश्न उत्तर हुने क्रममा मन्त्री वास्कोटाले रिसाएका मन्त्री वास्कोटाले आफ्नो झुट समात्ने प्रस्तोता थापालाई टेलिभिजनबाटै हटाउन निर्देशन दिनु र नेपाल टेलिभिजनका समाचार प्रमुखले थापालाई अब आइन्दा कार्यक्रम प्रसारण नुहने जानकारी दिनु आफैमा प्रेस स्वतन्त्रता विरोधी घटना भएको जिकिर गरिएको छ ।

 त्यस्तै कार्यक्रम सिधा प्रश्नु रोकिएको यो घटनाले नेपालमा कम्युनिष्ट पार्टी नेतृत्वको शासन शुरु भए यता नेपालमा प्रश्न गर्ने अधिकार कुण्ठित हुँदै गएको प्रष्ट संकेत गरेको छ भन्दै विज्ञप्तिमा पत्रकार समेत रहेका मन्त्री वास्कोटाको यो कृत्य सरकार, सत्ता र यसका कार्यकारीहरुमाथि प्रश्न उठाउने हैन भन्ने निरंकुश मनसायबाट प्रेरित हुँदै हामीमाथि प्रश्न उठाउनेहरु सरकारी कोपभाजनमा पर्न तयार हौ भन्ने सन्देश दिने किसिमको निरंकुश शैली मन्त्री वास्कोटाबाट प्रकट भएको उल्लेख गरिएको छ।  साथै प्रश्न गर्ने जनताको प्रतिनिधी पात्रको रुपमा रहेका थापाले सञ्चालन गर्ने कार्यक्रम बन्द गराएर मन्त्री वास्कोटा र केपी ओली नेतृत्वको सरकारले अधिनायकवादी चरित्र देखाएको छ। यो घटनाले सरकार अधिनायकवादको यात्रातर्फ उद्यत भएको प्रष्ट भएको उल्लेख गरिएको छ।

त्यस्तै केहि दिन अघी सरकारको नेतृत्व गरेको नेकपाकै सांसद नविना लामाले हाम्राकुरा डटकमका सम्पादक सहित पत्रकारहरुलाई धम्की दिदै कार्यालयमा गुण्डाहरु पठाएर समाचार मेटाउन धम्की दिएको घटना लगत्तै नेकपाकै नेता तथा मन्त्री वास्कोटाले सञ्चारकर्मीको कार्यक्रम वन्द गर्न गरेको ठाडो हस्तक्षेपले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर अवस्थामा पुगेको पुष्टी गरेको  छ। आवरणमा लोकतन्त्र भएपनि सरकार निरंकुशतातर्फ अघी बढेको यि घटनाहरुले पुष्टी गरेको  उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु