बिहिबार, बैशाख १३, २०८१

प्रलय…

image

बन्जड बन्यो नि धर्ती, उजाड भयो नि जीवन
जिन्दगीले जीवन कतै देख्नैछोड्यो नि
बन्जड बन्यो नि धर्ती, उजाड भयो नि जीवन

बस्तीहरु सबै पल भर मै रीत्ती गए
चल्मलाउने आत्मा सबै क्षण भर मै निभी गए
मसान्बन्यो नि, सुनसान भयो नि
चिता बिना लडेका लाशहरुको शहर बन्यो नि
बन्जड बन्यो नि धर्ती, उजाड भयो नि जीवन

इतिहास सबै एक धक्कामै निमेष भई गए
समृद्घ धरोहर सबैझिमिक्क गर्दैमा ढलिगए
आहाल भयो नि, बेहाल भयो नि
गाउ“घरका सम्झना सबै तस्बीरमै सीम्ति भए नि
बन्जड बन्यो नि धर्ती, उजाड भयो नि जीवन

– गौतम डंगोल सन्देश