शनिबार, बैशाख ८, २०८१

प्रम देउवाको अध्यक्षतामा प्रजातन्त्र दिवश मुल समारोह समिति गठन

 काठमाडौ माघ २४,  आसन्न ६८औ प्रजातन्त्र प्रजातन्त्र दिवश भव्यरुपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले देशभर र विदेशस्थित नेपाली नियोगमा समेत फागुन ६, ७ र ८ गते भव्यताका साथ प्रजातन्त्र दिवश मनाउने निर्णय गरेको छ ।

समितिमा प्रधानमन्त्री अध्यक्ष तथा प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरु, पूर्वप्रधानन्यायाधीश, उपसभामुख, मन्त्रीहरु, पूर्वसभामुख, राज्यमन्त्री, व्यवस्थापिका–संसद्का सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत सदस्य रहेको तथा गृहसचिव सदस्यसचिव रहेका छन ।  त्यस्तै समितिले फागुन ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम सहित अन्य विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।

त्यस्तै सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिकाका प्रमुखको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति, काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मैदान, कवाज, ब्यायाम व्यवस्थापन उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।