शुक्रबार, चैत्र १६, २०८०

प्रम ओली र प्रचण्डबीचको सहमति, संयोजन समितिको बैठक मार्फत विवादित विषयलाइ सम्बोधन गर्ने  

काठमाडौ वैशाख ३,   नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकताको सवालमा अनेकन टिकाटिप्पणी भइरहेको अवस्थाकावीच आज भेटवार्ता भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता मुलत पार्टी एकताको सवालमा केन्द्रीत रहेको सम्वद्ध सूत्रहरुले जनाएको छ ।
यसक्रममा गत चैत्र २२ मा बसेको एमाले–माओवादी सम्मिलित वाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठकले बैशाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने निर्णय भएपनि पछिल्लो समय एकताको सवालमा अनेकन बखेडा सुरु भएको थियो ।

त्यस्तै आजको बैठकले दृइ नेतावीच मंगलवार विहान ९ नौ बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा विवादित विषयमा छलफल गर्ने सहमति सहित बराबरीकै अनुपातमा एकता गर्ने पक्षमा समेत प्रम ओली–प्रचण्डबीच समझदारी बनेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।