शनिबार, बैशाख ८, २०८१

प्रम ओलीले शक्तिशाली सरकारको लागि आज विस्वासको मत लिने

काठमाडौं फागुन २७,  प्रधानमन्त्री केपी ओलीले आज आज अपरान्ह ३  बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनेभएका छन् ।   संविधानको धारा धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र संसद्मा विश्वासको मत लिनु पर्ने प्रवाधनअनुरुप गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रम ओलीले विस्वासको मत लि लाग्नु भएको हो ।

आजको बैठकमा प्रतिनिधिसभामा २ सय ७५ सांसदमध्ये प्रम ओलीलाइ एमाले र माओवादी केन्द्रको १सय ७४ त्यसैगरी राजपाका १७, संघीय समाजवादी फोरमका १६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसदले समर्थन गरेसंगै उहाँको पक्षमा २ सय ८ मत पुग्छ । यो समाचार तयार पार्दा सम्म जनमोर्चाले पनि सरकारकै पक्षमा मतदान गर्ने सम्भावना रहेको बताईएको छ । यो मत संगै ओली सरकार सरकार निकै शक्तिशाली हुने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।