शुक्रबार, बैशाख १४, २०८१

प्रम ओलीको मंगलवारबाट हुने चीन भ्रमणको जम्बो टोलीमा को-को ? सूची सहित

प्रम ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाउ सहित राष्ट्रिय स्वाभिमान अनुरुप नेपालको आवश्यकता र प्राथमिकताका आधारमा छिमेकी मुलुक चीनसँग सहमति हुने सदनलाइ दियो जानकारी

काठमाडौं असार ४ , प्रधानमन्त्री केपी ओली सांसद, मन्त्री, विज्ञ, निजी सचिव, उद्योगी व्यवसायी, देखि पत्रकार सहित  १ सय  ११   सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै मंगलबार चीनको औपचारिक भमणमा जाँदै छन् ।

 को-को छन भ्रमण टोलीमा  : प्रधानमन्त्री ओली उहाको पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युतप्रसाद मैनाली र निजी सहयोगी राजेश शाक्य रहेका छन् ।

टोलीमा जनार्दन शर्मा, जयपुरी घर्ती, विशाल भट्टराई, प्रेमबहादुर आले, राजेन्द्रकुमार केसी, निर्जला राउत, पार्वती डिसी चौधरी, नैनकला ओझा र सुरेन्द्रकुमार यादव रहेका छन ।  त्यस्तैभ्रमण टोलीमा परराष्ट्र मामिलाका जानकार डा.राजन भट्टराई पनि जाने छन् । मुख्यसचिव लोकदर्शन रेग्मी , उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, पशुपति मुरारका, चण्डीराज ढकाल, शेखर गोल्छा, हरिभक्त शर्मा लगायतका व्यापारीहरू पनि रहेका छन् ।

साथै पत्रकारहरूमा गोरखापत्र दैनिकबाट रामप्रसाद हुमागाइँ, कान्तिपुर दैनिकबाट सुधिर शर्मा, द काठमाडौं पोस्ट दैनिकबाट अखिलेश उपाध्याय, नागरिक दैनिकबाट गुणराज लुइँटेल, रिपब्लिका दैनिकबाट सुवास घिमिरे, अन्नपूर्ण पोस्ट दैनिकबाट राजाराम गौतम, रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला, एभिन्यूज टेलिजिभनबाट शिव दाहाल र रविन्द्र श्रेष्ठ, नयाँ पत्रिका दैनिकबाट प्रमिला देवकोटा, द हिमालय टाइम्स दैनिकबाट प्रकाश रिमाल, रेडियो नेपालबाट हरिशरण लामिछाने, नेपाल टेलिभिजनबाट निराजन खनाल र विष्णुभक्त महर्जन, राससबाट हरि लामिछाने, मिडियो सोसाइटीबाट शुभशंकर कँडेल र क्यामराम्यान ध्रुबप्रसाद अधिकारी रहेको बुझिएको छ ।

यसैवीच प्रम ओलीले संघीय ससदको आजको बैठकमा चीनका प्रधानमन्त्रीको औपचारिक निमन्त्रणामा मंगलवारबाट हुने आफ्नो चीनको औपचारिक भ्रमणबारे प्रतिनिधिसभामा जानकारी दिनु भएको छ । त्यस क्रममा प्रम ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाउ दिदै राष्ट्रिय स्वाभिमान अनुरुप नेपालको आवश्यकता र प्राथमिकताका आधारमा छिमेकी मुलुक चीनसँग सहमति कायम गर्ने बताउँदै आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्ध झन् प्रबल, सुदृढ हुँने विश्वास व्यक्त गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।