शुक्रबार, चैत्र १६, २०८०

प्रम ओलीको अभिव्यक्ति आपत्तिजनक : काङ्ग्रेस प्रवक्ता शर्मा

काठमाडौ बैशाख २,  प्रधानमन्त्री केपी ओलीले नववर्ष २०७६ का अवसरमा आइतवार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै दिनुभएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।  काँग्रेसले आज पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सरकाले एक वर्षमा वुद्धिजीवि, पत्रकार र विपक्षीको अवमुल्यन सहित धम्कीको दिने काम आफैमा आपत्तिजनक रहेको बताएको छ ।
पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारका सामु अघिल्ला सरकारका झैँ गम्भीर राजनीतिक चुनौती नभए पनि तीव्र ढङ्गले कार्य गर्न नसकेको भनी टिप्पणी गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसामु झैँ ज्वालामुखीको वातावरणमा शान्ति प्रक्रियाको नेतृत्व गर्नुपर्ने, सुशील कोइरालाले झैँ प्रतिकूलता चिरेर संविधान जारी गर्नुपर्ने या अनेक जटिलता हल गरेर शेरबहादुर देउवाले झैँ तीन तहको निर्वाचन गर्नुपर्ने स्थिति वर्तमान सरकारका सामु नभएको बताउनुभएको छ ।

प्रम ओलीको अभिव्यक्तिको प्रभावबाट बालबालिकालाई जोगाउन टेलिभिजन बन्द गर्नु पर्ने स्थिति आउनु अत्यन्त दुःखद

त्यस्तै प्रवक्ता शर्माले सरकारले प्रभावकारीरुपमा सङ्घीयता कार्यान्वयन गर्नुको अलावा प्रधानमन्त्री कार्यालयमा राज्यका महत्वपूर्ण अङ्गलाई केन्द्रिकृत गरेर शक्ति केन्द्रीकरणको अभ्यास गरेको आरोप लगाउँदै सरकारले जनअपेक्षाअनुसार कार्य सम्पादन गर्न नसकेको बताउँनु भएको छ ।
त्यस्तै उहाँले शान्ति सुरक्षा कायम गर्ने सवाल मात्र नभएर भ्रष्टाचारमा शून्य सहनशीलता भने पनि व्यवहारमा समेत सरकार पूर्णत असफल भएको जिकिर गर्न भएको छ । त्यस्तै प्रवक्ता शर्माले यदि त्यस्तो नभएको भए आफ्नै लगानीमा निर्माण गर्ने भनेर सङ्कल्प गरिएको बूढीगण्डकी परियोजना बिना प्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पिनु, वाइड बडी विमान छानबिनमा अख्तियार प्राप्त संवैधानिक संस्थालाई सहयोग नगरेर छुट्टै आयोग बनाउनुको रहस्यमा घोटाला ढाकछोपको नियत नभई के थियो भन्दै प्रतिप्रश्न गर्नु भएको छ । साथै निजगढ विमानस्थलको प्रयोजनार्थ आवश्यकताभन्दा दोब्बर जग्गाको रुख काट्ने प्रस्ताव होस वा कमिसनको खेलका कारण मेलम्ची परियोजना निर्माण कम्पनीले काम छोडेर जानु, बालुवाटारको सरकारी जग्गा प्रकरणलगायत यावत घटना भ्रष्टाचारकै नियतको परिणाम भएको काङ्ग्रेसले टिप्पणी गरेका छन ।

कहिले कार्यकर्तालाई विपक्षीमाथि अरिंगाल भई जाइलाग भनेर अपिल गर्नु भयो त कहिले वुद्धिजीवीहरुलाई थला पार्ने चेतावनी दिनु भयो । वर्ष ०७५ विदाई गरिरहँदा विपक्षी दलहरुलाई नन्दीभृङ्गीको संज्ञा दिने प्रधानमन्त्रीका यस्ता आपत्तिजनक अभिव्यक्तिहरुको नेपाली कांग्रेस भत्र्सना गर्दै जिम्मेवार ढंगले सरकारको नेतृत्व गर्न सचेत गराएका छन ।

त्यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले विद्युत प्राधिकरणको महसुल चुहावटको प्रतिवेदन गोप्य राखेर महसुल निर्धारण क्रममा विद्युत महसुल संकलन विनिमय ०७३ विपरीत अतिरिक्त शुल्क चुहावट गराएर नियमित शुल्क मात्रै लिई करिब ८ अर्बको अपचलनमा कोको सामेल छन् ? भिन्न प्रकृतिको भ्रष्टाचारमा यो पर्छ कि पर्दैन रु भन्ने प्रश्न गर्दै  फ्रान्सबाट सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद तयारीमा हुँदै गरेको करोडौँ रुपैयाँको अनियमितता प्रधानमन्त्रीज्यूको पारदर्शीता र इमान्दारीको अभिव्यक्ति अनुरुप भई रहेको छ कि यसमा संचारसँगै प्रधानमन्त्री कार्यालय पनि संलग्न रहेको आरोप लगाएका छन ।

समृद्धि यात्रामा वितरित सपना र अपेक्षाको तुलनामा प्रगति न्यून भएको बताउँदै उहाँले कुनै पनि देशको प्रधानमन्त्रीको सफलता बोल्नुमा हुन्छ की काम गर्नुमा रु वर्ष ०७५ ले छलफल गर्नैपर्ने प्रश्न छाडेर गएको छ । इतिहासमा बोली होइन कर्म लेखिन्छ भन्ने तथ्य प्रधानमन्त्रीलाइ सस्मरण
गराउँनु भएको छ । साथै जिम्मेवार प्रधानमन्त्रीका अभिव्यक्तिहरुमा पदीय उचाई अनुरुपको गरिमा हुन आवश्यक रहेको भन्दै टेलिभिजनमा प्रधानमन्त्री बोल्न थालेपछि मनोरञ्जन प्राप्त गर्दा सम्म त ठिकै हो अन्यथा उहाँका कतिपय अभिव्यक्तिको नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन टेलिभिजन बन्द गर्नु पर्ने स्थिति आउनु अत्यन्त दुःखद भएको बताउँनु भएको छ ।
कहिले कार्यकर्तालाई विपक्षीमाथि अरिंगाल भई जाइलाग भनेर अपिल गर्नु भयो त कहिले वुद्धिजीवीहरुलाई थला पार्ने चेतावनी दिनु भयो । वर्ष ०७५ विदाई गरिरहँदा विपक्षी दलहरुलाई नन्दीभृङ्गीको संज्ञा दिने प्रधानमन्त्रीका यस्ता आपत्तिजनक अभिव्यक्तिहरुको नेपाली कांग्रेस भत्र्सना गर्दै जिम्मेवार ढंगले सरकारको नेतृत्व गर्न सचेत गराएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।