बिहिबार, चैत्र १५, २०८०

प्रधानमन्त्री केपी ओली आगामी ५ गते चीनको औपचारिक भ्रमणमा जाँदै

 काठमाडौ जेठ ३०,  प्रधानमन्त्री केपी ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमणमा जाने भएको छ परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीकोचिन भ्रमणको क्रममा धर्मपत्नी राधिका शाक्य सहित गृहमन्त्री रामबहादुर थापा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुने जनाएको छ ।

त्यस्तै भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने जनाउँदै भ्रमणकै क्रममा रेलमार्गदेखि उर्जा सहयोगसम्मका विषयमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।