बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्रीको सपथ पछि पशुपतिनाथको दर्शन गर्दै मोदीले राजकाजको सुभारम्भ गर्ने

काठमाडौं ज्येष्ठ ६, काठमाडौ नेपालका हरेक प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमण दक्षिण छिमेकी भारतमै गर्ने गर्दछन् । भारत नगई अन्य देशको भ्रमणमा जाँदा ठूलै हल्लीखल्ली हुन्छ, जस्तो कि प्रचण्ड पहिला चीन भ्रमणमा जाँदा भएको थियो । उता भारतबाट भने प्रधानमन्त्रीहरु बिरलै Modi_1305265gनेपाल भ्रमणमा आउछन् । आइके गुजरालपछि कुनै भारतीय प्रधानमन्त्रीहरु नेपाल भ्रमणमा आएका छैनन् । तर भारतका भावी प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण भने नेपालमै हुने सम्भावना देखिएको छ ।

कट्टर हिन्दूवादी नेताको रुपमा चिनिने मोदीले आफ्नो भाषणमा पटक पटक पशुपतिनाथको नाम लिने गर्दछन् । विजयपछिको एक सभालाई सम्बोधन गर्दा पनि उनले पशुपतिनाथको कृपाले आफू सफल भएको बताउँदै  पशुपतिनाथको दर्शन गर्ने बताइसकेका छन् । शपथ खाएपछि उनले पहिलोपटक नेपालमा छोटो धार्मिक भ्रमण गर्ने तयारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मोदीले प्रधानमन्त्री हुँदा नेपाल नीतिमा कुनै असर नगर्ने बताइएपछि उनको नेतृत्व नेपालका लागि सहज हुने संकेत देखिएका छन् । नेपाललाई हिन्दू राज्यबाट हटाई धर्मनिरपेक्ष राज्य घोषणा गरेकोमा भने उनी असन्तुष्ट हुँदै आएका छन् । नेपाललाई उनले सँधै श्रद्धाको दृष्टिले हेर्ने गरेको र सामाजिक सञ्जाल ट्वीटरमा गरेको ट्वीटले पनि नेपालमा उनीप्रति सकारात्मक तरंग ल्याएको खवर आजको दृष्टि साप्ताहिकमा प्रकाशित रहेको छ।