शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्रीको सचिवालय सदस्य सख्यामा कटौती, ४७ बाट २८ मा झारियो

सरकारको कामकारबाहीलाई तीब्र र प्रभावकारी बनाउन   पाँच विषयगत समिति  गठन

काठमाडौ चैत ८,  प्रधानमन्त्री केपी ओलीले आफ्नो सचिवालयमा व्यापक कटौती गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमार्फत प्रम ओलीले सल्लाहकारहरुको संख्यामा ठूलो मात्रामा कटौती गरेको हो ।

आर्थिक मितव्ययिताका लागि भन्दै यसअघि प्रधानमन्त्रीले आफ्नो सचिवालयमा मनलाग्दी कार्यकर्ता भर्ती गर्ने चलनलाइ तोड्दै प्रधानमन्त्रीको सचिवालयको सख्यामा कटौती गर्ने निर्णय भएको जानकारी दिदै सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले यसअघि सचिवालयमा रहेको ४७ सदस्यबाट घटाएर अब २८ सदस्यमा झार्ने निर्णय भएको जानकारी दिनु भएको छ ।  यसअघि तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको पालामा सचिवालय २३ बाट बढाएर ४७ सदस्यीय बनाइएको थियो ।

 त्यसैगरी बैठकले सरकारको कामकारबाहीलाई तीब्र र प्रभावकारी बनाउन मन्त्रिपरिषद्को मतहतमा विभिन्न पाँच विषयगत समिति क्रमस राजनीतिक समिति, आर्थिक तथा पूर्वाधार समिति, प्रशासन समिति, समाजिक समिति र विधेयक समिति  समेत गठन गरिएको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।