बिहिबार, बैशाख १३, २०८१

प्रधानन्यायाधीश पराजुलीलाई परिषदको अवकाश जनाउ सहितको पत्र

काठमाडौ फागुन ३०,  न्याय परिषद्ले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता, शैक्षिक योग्यता र सिटरोल विवरणअनुसार गत साउनमै ६५ वर्ष पुगेकाले सो मितिदेखि अवकाश हुनुभएको जनाउ सहितको पत्राचार गरेको छ ।   आज परिषदले गरेको पत्रमा उल्लेखभएअनुसार प्रधानन्यायाधीश पराजुली २०७४ साउन २१ गते नै ६५ वर्ष पुगेको प्रमाण देखिएको जिकिर गरिएको छ ।

परिषदका सचिव नृपध्वज निरौलालाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार उहाँको पनिकाबाट प्राप्त शैक्षिक योग्यताको प्रमाणपत्र र सिटरोलअनुुसार प्राप्त पत्रसमेतको आधारमा पराजुली गत साउन २१ मा ६५ वर्ष पूरा भइसकेको देखिएको हुँदा आजको ‘सचिवस्तरीय निर्णय भएको जनाएको छ । सर्वोच्च अदालत प्रशासनले यस सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन । यद्यपी न्याय परिषद्को बैठकको अवको बैठकले यस सम्बन्धमा नितिगत निर्णय गर्ने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।