शुक्रबार, चैत्र १६, २०८०

प्रदेश ३ मा मन्त्रिपरिषद् विस्तार

काठमाडौं फागुन १६,  प्रदेश नं ३ मा मुख्यमन्त्री डोरमणि पौडेलले आफु नेतृत्वको मौजुदा मन्त्रिपरिषद् आज विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले नेकपा एमालेका तर्फबाट ३ जना र माओवादी केन्द्रको तर्फबाट १ जनालाइ मन्त्रीपरिषदमा नियुक्त गर्दै कार्य विभाजन सहित आजै एक कार्यक्रमकावीच  प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले नव नियुक्तमन्त्रीहरुलाइ पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।

नवनियुक्त चारजना मन्त्रीहरु क्रमस कैलाश ढुंगेल– आर्थिक मामिला तथा योजना , अरुण नेपाल– उद्योग पर्यटक, वन र वातावरण, दावा दोर्जे लामा – भूमि व्यवस्थापन कृषि र सहकारी र युवराज दुलाललाइ –सामाजिक विकास मन्त्रालय ‘नवनियुक्त’ लाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । प्रस्तुत मन्त्रिपरिषद विस्तारसंगै प्रदेश नं ३ को वर्तमान मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित ७ जना मन्त्री रहनुभएको  प्रदेश नं ३ मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।