बिहिबार, चैत्र १५, २०८०

प्रदेश ३ को एमाले संसदीय दलको नेतामा पौडेल १ मा शेरधन निर्वाचित

काठमाडौ माघ २६,  नेकपा एमाले प्रदेश ३ को संसदीय दलको नेता चयनको लागि आज भएको निर्वाचनमा १० मतको अन्तरमा एमालेको उपाध्यक्ष समेत रहकी अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै डोरमणि पौडेल निवार्चित भएका छन् । दलको नेता छान्न सहमति नजुटेपछि ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा आज विहान भएको निर्वाचनमा पौडेलले ३४ मत प्राप्त गरेका थिए भने शाक्यले २४ मत पाईन् ।

यसैवीच एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । संसदीय दलको लागि आज भएको निर्वाचनमा राईले भीम आचार्यलाइ दुई मतको अन्तरमा पराजित गर्दै  संसदीय दलको नेता निर्वाचित भएको हो राईले २६ मत प्राप्त गर्दै गर्दा आचार्यले २४ मत पाप्त गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।