शुक्रबार, चैत्र १६, २०८०

प्रदेश संसदीय विशेष समितिको प्रतिवेदनविरुद्ध सुदूरपश्चिममा फेरि चर्किदै आन्दोलन

काठमाडौ असोज ११ं, प्रदेश नम्बर ७ को नाम र राजधानी सिफारिस गर्न गठित प्रदेश संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनविरुद्ध डोटीमा आन्दोलन सुरु भएको छ । बुधवार डोटीको सिलगढीमा बसेको सर्वपक्षीय बैठकले आन्दोलनका कार्यक्रम तय गरेको छ । आन्दोलनको तालिका अनुसार बुधवार साँझ दिपायल सिलगढी नगरपालिकाका प्रत्येक घरमा कालो झण्डा राख्ने तय भएको छ । यस्तै डोटीको दिपायलमा समितिले दिएको प्रतिवेदन जलाउने कार्यक्रम तय भएको छ ।

आन्दोलन अन्तरगत बिहिवार बिहान ११ गते जुलुश प्रदर्शन गरी जिल्ला प्रशासन कार्यालयमा धर्ना र कोण सभा गर्ने, साँझ दिपायलमा विरोध प्रदर्शनसहित कोण सभा र साँझ मसाल जुलुश प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।  यस्तै १२ गतेदेखि अनिश्चितकालीन डोटी बन्द गर्ने निर्णय वैठकले गरेको छ । सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रदेशको नामाकरण र राजधानीबारे सुझाव दिन साउन १५ गतेको प्रदेश सभा बैठकले प्रदेश सभा सदस्य तारालामा तामाङको संयोजकत्वमा पाँच सदस्यीय संसदीय बिशेष समिति गठन गरेको थियो । समितिले प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीमा राख्नु पर्ने र प्रदेशको नाम सुदूरपश्चिम प्रदेश राख्नु पर्ने सिफारिस गरेको थियो । उक्त प्रतिवेदन मंगलवार प्रदेश सभामा पेश भएपछि डोटी आन्दोलति भएको हो । अन्नपूर्णपोष्टबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।