बिहिबार, बैशाख १३, २०८१

प्रदेश नं ३ का भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापित पदमुक्त

काठमाडौं कार्तिक १६ , प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले  संविधानको धारा १६७ को उपधारा ६९ को अधिकार प्रयोग गरी भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई पदमुक्त गर्नुभएको छ ।

प्रदेश मन्त्रिपरिषद् बैठकमा पदीय मर्यादाविपरीत अभद्रता र असक्षमता र अनियमितता गरेको आरोपमा मन्त्री स्थापितलाई पदमुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  यस सम्बन्धमा  मन्त्री स्थापितसंग जानकारी माग गर्ने योजना अनुरुप टेलिफोन सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा आउन चाहनु भएन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।