मङ्लबार, बैशाख ११, २०८१

प्रदेश नं २ मा २ तेस्रो चरणको स्थानीय तहको निर्वाचन हुँदै

२६ लाख ६४ हजार ९५० मतदाताले मताधिकारको प्रयोग गर्दै

काठमाडौं असोज २,  तेस्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत प्रदेश नं २ अन्र्तगतका आठ जिल्लाका १३६ स्थानीय तहमा बिहान ७ बजेदेखि अपराह्न ५ बजेम्म मतदान हुँदैछ ।  उक्त आयोगले निर्वाचनका लागि दुई हजार १६६ मतदानस्थलमा तीन हजार ५७८ मतदान केन्द्रको व्यवस्था सहित मतदान कार्यमा Captureसुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको छ । त्यस्तै प्रदेश नं २ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा विभिन्न पदका लागि निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाताले मताधिकारको प्रयोग गर्दैछन् ।

आयोगले आइतवार मिडिया सेन्टरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै लोकतन्त्रको आधारशीलाका रुपमा रहेको स्थानीय तहको निर्वाचनमा मतदातालाई आफ्नो अमूल्य मत कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्यरूपले प्रदान गर्न आयोगले आग्रह पनि गरेको छ ।