शुक्रबार, चैत्र १६, २०८०

प्रदेश नं १,२ र ३ का लागि यस्तो छ काँग्रेसको तालमेल

 काठमाडौ माघ १०, आसन्न राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसले ७ वठा प्रदेश मध्ये ४ प्रदेशका लागि मंगलवारनै उम्मेदवार घोषणा गरेपनि बाँकी प्रदेश न १,२ र ३ का लागि भने निम्नानुसारको उम्मेदवार छनौट गर्दै आज उम्मेदवारी दर्ता गराउने भएको छ ।

काँग्रेसले प्रदेश नं १ मा रमेशजङ रायमाझी (खुला), सरिता प्रसार्इं (महिला) र विन बिक (दलित) लाइ उम्मेदवार बनाएको छ । तर प्रदेश न २ मा भने राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गर्दै काँग्रेस, राजपा नेपाल र संघीय समाजवादीले निर्वाचनमा दुई÷दुईजना उम्मेदवार भागबण्डा गरी सोहीअनुसार उम्मेदवारी दिने सहमति गरे अनुरुप प्रदेश नं २ मा जीतेन्द्रनारायण देव (खुला) र मुक्ताकुमारी यादव (महिला)लाई उम्मेदवारी बनाउने निर्णय गरेको छ ।

त्यस्तै काँग्रेसले प्रदेश नं ३ मा राधेश्याम अधिकारी (खुला) र धना खतिवडा (महिला)लाई उम्मेदवार बनाएको जनाउँदै यसप्रदेशका उम्मेदवारलाई नयाँ शक्ति पार्टी नेपाल र विवेकशील साझा पार्टीले सघाउने सहमति भएको पार्टी प्रवक्ता शर्माले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।