मङ्लबार, बैशाख ११, २०८१

प्रथम मेयर कप मिष्टर मध्यपुर शारीरिक सुगठन प्रतियोगिता हुने

भक्तपुर चैत १९/ राम चन्द्र प्रजापति ,  मध्यपुर नगरवासिको शारीरिक ,मानसिक,चारित्रिक एवं सामाजिक विकासको लक्ष्य सहित मध्यपुर थिमी नगरपालिका व्यापी प्रथम मेयर कप मिष्टर मध्यपुर शारीरिक सुगठन मेयर कप प्रतियोगिताको आयोजना हुने भएको छ ।  मध्यपुर थिमी नगरपालिकाको सहयोगमा मध्यपुर शारीरिक सुगठन तथा फिट्नेस समितिद्दारा आगामी चैत्र २३ गते भक्तपुरस्थित यचु पार्टी भेन्युमा आयोजना गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

त्यस्तै प्रस्तुत प्रतियोगितमा ५५ , ६० , ६५ र ६५ के जि भन्दा माथिको वजन गरि ४ वटा वजन समूह बिच करिव ४० जना प्रतियोगीले प्रतिस्पर्धा गर्ने बताइएको यस प्रतियोगितामा मध्यपुर थिमी नगरपालिकामा संचालित जिम क्लवमा आवद्ध प्रतियोगिले भाग लिन पाउने तर ,जिल्ला राष्ट्रिय वा सो भन्दा माथिको प्रतियोगितामा पदक जितिसेका खेलाडीले भाग लिन नपाइने बताईएको छ ।

प्रतियोगितामा प्रथम , दोस्रो तेस्रो र चौंथो हुने खेलाडीलाई प्रथम मिष्टर मध्यपुर मेयर कपको उपाधिका साथै नगद क्रमश रु २५ हजार २० हजार पन्ध्र हजार र दस हजार पुरस्कार ट्रफी प्रमाणपत्रले सम्मान गर्ने आयोजक समितिका संयोजक संजय श्रेष्ठले बताए ।

मध्यपुर शारीरिक सुगठन तथा फिट्नेस समितिका अध्यक्ष अशोक घजुको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले मध्यपुर थिमी नगरपालिकाले स्वास्थ्य शिक्षा खेलकुद सांकृतिक पर्यटन लागायका खेलजगतको विकासको निम्ति नगरपालिकाले बजेट ब्यवस्था गरेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।