शुक्रबार, चैत्र १६, २०८०

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि १ करोड २२ लाख ३५ हजार ९ सय ९३ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै

काठमाडौं मंसिर २१ आज मंसिर २१ अर्थात प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन अन्र्तगत विहान ७ बजे देखि प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको मतदान सुरु भएको छ ।

आजको निर्वाचन सके लगत्तै आगामी ५ वर्षकालागि प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमा १ सय ६५ जना पहिलो हुने प्रत्यक्ष निर्वाचित प्रणालीबाट र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् भने प्रदेससभाका पनि प्रत्यष र समानुपातिक गरि कुल ३ सय ३० सदस्य चसनिने छन । १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा गत मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

आज ४५ जिल्लामा बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने जनाउँदै आयोगले दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ १ हजार ६ सय ६३ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ । त्ययसैगरी प्रदेशसभातर्फ २ हजार ८ सय १९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको  र प्रस्तुत निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।