बिहिबार, चैत्र १५, २०८०

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

१ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले मताधिकार प्रयोग गर्दै १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्य निर्वाचित गरिने

काठमाडौ मंसिर २०, निर्वाचन आयोगले आयोगको मुख्यलयामा आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै ४५ जिल्लामा विहिवार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा विहिवारको निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले मताधिकार प्रयोग गर्ने जनाउँदै आयोगले कुल १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा सदस्यमध्ये पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि निर्वाचन भइसकेको छ भने विहिवार १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि निर्वाचन हुने जानकारी दिईएको छ ।

साथै बिहान ७ बजेदखि साँझ ५ बजेसम्म हुने प्रस्तुत निर्वाचनमा अन्र्तगत प्रतिनिधिसभाका १२८ सिटका लागि १ हजार ६६३ जना उम्मेदवार र प्रदेशसभाका २५६ सिटका लागि २ हजार ८१९ उम्मेदवार चुनावी मैदानमा रहेको जनाएको छ । त्यस्तै दोस्रो चरणको निर्वाचनका लागि १ लाख ५५ हजार कर्मचारी  म्यादी प्रहरीसहित चारओटै सुरक्षा निकाय गरी करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको आयोगले जनाएके छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।