शनिबार, बैशाख ८, २०८१

प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गर्न काँग्रसले दियो निर्देशन

काठमाडौ असोज २,  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गर्न नेपाली काँग्रेसले जिल्ला नेतृत्वलाई निर्देशन दिएको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्येक क्षेत्रबाट छुट्टाछुट्टै प्रत्यक्ष समानुपातिकतर्फ महिलासहित बढीमा ३/३ जना र समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको नाम सिफारिस गर्दा समावेशी प्रतिनिधित्वको सिद्धान्तका आधारमा उम्मेदवारको सिफारिस गर्न भनेको छ ।

साथै उम्मेदवार सिफारिश गर्दा निरन्तर क्रियाशील सदस्यता कायम भएको जनतामा भिजेका र स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी बनाउन क्रियाशील भूमिका निर्वाह गरेको व्यक्तिको छनौट सहित पार्टीका गाउँ/ नगर कार्यसमितिले यही असोज १० गतेभित्र आफ्नो सुझाव र सिफारिश क्षेत्रमा, क्षेत्रले आफ्नो सिफारिश असोज १३ गतेभित्र जिल्लामा र जिल्लाले क्षेत्रबाट आएको सिफारिशमा आफ्नो रायसहित असोज १७ गतेभित्र केन्द्रमा सिफारिस गर्न निर्देशन दिईएको छ ।