बिहिबार, बैशाख १३, २०८१

प्रतिनिधिसभा नियमावली, २०७५’ लाई बहुमतले पारित

  काठमाडौ जेठ २५, प्रतिनिधिसभाको आज बसेको बैठकले ‘प्रतिनिधिसभा नियमावली, २०७५’ लाई बहुमतले पारित गरेको छ । नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले “प्रतिनिधिसभा नियमावली, २०७५’ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो ।

मस्यौदा प्रतिवेदनमाथिको छलफलको क्रममा फौजदारी अभियोग लागेका सांसदको हैसियत, सेवा सुविधा, अधिकार र उन्मुक्ति नपाउने हुँदा निलम्बनको प्रश्नमा अहिले थप बहस गर्न आवश्यक नरहेको जिकिर प्रस्तुत गरिएको थियो ।   स्मरण रहोस यसअघि सत्तापक्ष र  खासगरी संसदीय समितिको संख्या र फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा मत वाँझिएपछि नियमावलीको विषय लामो समयदेखि अघि बढ्न सकेको थिएन । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २७ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।