शुक्रबार, चैत्र १६, २०८०

प्रचण्डले भने- सोमबार सबै मन्त्रीको शपथ सहित सरकारले पूर्णता पाउँछ

कम्युनिष्टको एकताको महत्वपूर्ण यस क्षणमा कुनैपनि किसिमका ठूला घटना हुन सक्ने तर्फ सचेत गराउँदै उहाँले प्रतिक्रियावादी शक्तिहरु सलबलाउँदै यो वा त्यो घटना नघटाउलान भन्न नसकिने र त्यस अर्थमा पनि त्यसलाई हेक्का राख्नुपर्नेमा जोड   

चितवन फागुन १२,  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार सम्ममा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले पूर्णता पाउँदै सबै मन्त्रीको शपथ ग्रहण समेत हुने बताउनु भएको छ ।  

प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज संयुक्त रुपमा भरतपुर विमानस्थलमाआयोजित पत्रकार सम्मेलनलाइ सम्बोधन गर्ने क्रममा उहाँले यस्तो अभिव्यक्ति दिदै मिडियामा आएको जस्तो मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको बताउँदै यसपटकको मन्त्रीपरिषदमा पुराना र नयाँ मिलाएर पठाइने जनाउ समेत त्यस अवसरमा जानकारी दिनु भएको छ ।

त्यस्तै एक फरक प्रशंगमा बोल्दै कम्युनिष्टको एकताको महत्वपूर्ण यस क्षणमा कुनैपनि किसिमका ठूला घटना हुन सक्ने तर्फ सचेत गराउँदै उहाँले प्रतिक्रियावादी शक्तिहरु सलबलाउँदै यो वा त्यो घटना नघटाउलान भन्न नसकिने र त्यस अर्थमा पनि त्यसलाई हेक्का राख्नुपर्नेमा जोड दिनु भएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।