बिहिबार, बैशाख १३, २०८१

प्रचण्डको र संडको सम्बन्धलाई लिएर पार्टीभित्रै कटु आलोचना

 काठमाडौं पौष १६, एमाओवादी वरिष्ठ नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारतीय जासुसी संस्था रअ्सँगको सम्बन्धलाई लिएर कटु आलोचना गर्न थालेका छन्। र अ्सित उठबस नगरौं, बेसी भो, हुन्न भनेर मैले बारम्बार भनें तर अध्यक्षले सुन्नुभएनु, नेता नारायणकाजी श्रेष्ठले सबै पूर्वपोलिटब्युरो सदस्य उपस्थित बैठकमा dhaallदाहालमाथि Narayan-Kaji1_20120717084658आक्रोश पोखे। उनले रअ्सँग अध्यक्ष दाहालको उठबसले पार्टीलाई क्षति पुगेको र जति प्रयास गरे पनि उनले यसलाई नसच्याएको आरोप लगाए । पुस १२ देखि चार दिनसम्म बसेको केन्द्रीय समिति बैठकमा पार्टीभित्र अध्यक्ष दाहालविरुद्ध रअ्सँग मिलेको मात्र होइन सहिद र बेपत्ता परिवारलाई बेवास्ता गरी छोरा प्रकाशलाई मात्र च्यापेको जस्ता गम्भीर आरोपसमेत लगाइयो। रअ्सँगको नियमित उठबस कायमै राख्ने हो भने अध्यक्षविरुद्ध संघर्ष नै गर्ने मनस्थिति बनाएको घोषणा पनि श्रेष्ठले गरे भन्दै को खवर आजको अन्नपूर्ण दैनिकमा चूडामणि भटराईको वाईलाईनमा प्रकाशित रहेको छ । त्यस् समाचारमा कांग्रेस युवा नेता अमरेशकुमार सिंह र भारतीय राजदूतलाई दाहालले पटकपटक भेट्नुपरेको कारणबारे उनले प्रश्न गरेका थिए। यस्तालाई भेट्नु नै छ भने विदेश विभागलाई जिम्मा दिनुपर्छु, उनले भने, अध्यक्षले त भारतका प्रधानमन्त्री र ठूला नेता पो भेट्नुपर्छ। श्रेष्ठले बैठकपछि पत्रकारसँग भनेका थिए, हाम्रो अध्यक्षले रअ्का मान्छेलाई धेरै भेट्नु गलत हो। यो विषय मैले बारम्बार उठाउँदै आएको छु।

श्रेष्ठले खिलराज रेग्मीलाई सरकार प्रमुख नबनाउन आफूले धेरै प्रयास गरे पनि सफल नभएको गुनासो पनि गरे। उनले भने, ुयो पार्टीमा मैले भनेको मानेनन्। मैले रेग्मीलाई सरकार प्रमुख नबनाऔं भनें र नबनाउन धेरै प्रयास पनि गरें तर सफल भइनँ। दाहाल नै नेतृत्वमा रहिरहनुपर्ने भन्ने धारणा पनि गलत भएको बताउँदै उनले अहिल्यै हटाइहाल्नुपर्छ भन्ने मनसाय भने नभएको बताएका थिए। दाहाल ६० वर्ष पुगे पनि काम गर्ने ऊर्जा अझै रहेको उनको टिप्पणी थियो।

अर्का नेता बाबुराम भट्टराईको आलोचना गर्दै श्रेष्ठले दलको नेतृत्वमा सरकार बनाउन नमानेर उनले संगठनलाई ठूलो नोक्सान पुर्‍याएको आरोप लगाएका थिए। उपाध्यक्ष पदबाट राजीनामा दिएर भट्टराईले राम्रो नगरेको उनको भनाइ थियो। श्रेष्ठपछिका वक्ता भट्टराईले अन्तरिम सरकार गठन नहुँदा पार्टीलाई क्षति पुगेको बताए। उनले प्रधानन्यायाधीशलाई सरकार बनाउन दिनु गल्ती भएको भन्दै पार्टी कमजोर हुनुको दोष अध्यक्ष दाहालतिर सोझ्याए। उनले श्रेष्ठको आरोपको जबाफ दिएनन्, बरु दाहाललाई नै लक्षित गर्दै अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए। बैठकमा उनले भने, अहिल्यै मैले अध्यक्षको विकल्प खोजेको होइन, पार्टी निर्माणका लागि चलाएको छलफल बंग्याइएको छ।

उनले सरकारमा जानुहुन्न भन्नु सैद्धान्तिक रूपमा गलत भएको धारणा राखे पनि कार्यनीतिक रूपमा सरकारमा जान नहुने बताए। प्रधानमन्त्रीय पद्धतिमा चल्ने भएकाले सरकारमा गए पनि निर्णय भनेजस्तो गराउन नसक्दा फसिने उनको धारणा थियो। भट्टराई र श्रेष्ठअघि अघि पोस्टबहादुर बोगटीले पनि अप्रत्यक्ष रूपमा दाहाललाई नै प्रहार गरेका थिए। पार्टीले वर्गसंघर्ष र वर्गीय दृष्टिकोण छाडेको, नेताहरूले आफ्नो वर्ग छाडेको भन्दै उनले मध्यम वर्गले आफूहरूलाई विश्वास नगरेको र तल्लो वर्गलाई पार्टीले छाडेका कारण समस्या आएको बताएका थिए। दाहालले रअ्सँगको उठबस र आफ्नो वर्ग बढेकोजस्ता आरोपको जबाफ दिएनन्। उनले बैठकमा उठेका विषयको जबाफ अहिले दिन चाहन्नँ भन्दै पुस २६ सुरु हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने दस्ताबेजमै ल्याउने बताए। उनले विश्वको वर्गसंघर्ष जटिल स्थितिमा पुगेको, यसको विश्लेषण अहिले नै गरिनसकेकाले विरोधाभास देखिएको र वर्ग दृष्टिकोणमा विचलन आउन थालेको बताएका थिए।

पूर्वपोलिटब्युरो सदस्य गोपाल किरातीले व्यंग्यात्मक शैलीमा समानुपातिक सभासद्मा सबैले हानथान गरेकाले पालो पुर्‍याउन दुईदुई महिनाको सभासद् बनाउने सूत्र सुझाएका थिए। गम्भीर हुँदै उनले भनेका थिए, यसमा विचार गरिएन भने पेरिसडाँडामा आत्महत्या गर्ने सम्भावना मैंले देखेको छु।उनले अन्नपूर्णसँग भने, सबैलाई भाग चाहिने भएकाले आलोपालो बनाऔं भनेको हुँ। किरातीले बैठक चलिरहँदा सीधै प्रस्ताव नराखे पनि श्रेष्ठलाई राष्ट्रपति र बाबुराम भट्टराईलाई सभामुख बनाउन सदस्यहरूबीच पैरवीसमेत गरेका थिए। यी दुई नेता प्रस्तावित पदमा नियुक्त भए दुवैले पार्टी नेतृत्व गुमाउनेछन् भन्ने विश्वासमा समेत यसरी लबिङ गरेको स्रोतको दाबी छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30