बिहिबार, बैशाख १३, २०८१

पौष १८ देखि क्यान इन्फोटेक–२०१४ सुरु

अरूण मुनिकार/काठमाडौँ पौष १२, कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)को आयोजनामा यही पौष १८ देखि २३ गतेसम्म यहाँ सुविसु क्यान इन्फोटेक–२०१४ हुने भएको छ । क्यानले हिजो can-logo-finalपत्रकार सम्मेलनको आयोजना गर्दै दिएको जानकारी अनुसार सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शन तथा यस क्षेत्रमा भएको पछिल्लो विकास र विस्तारित सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष झैँ यसपटक पनि प्रस्तुत कार्यक्रमको आयोज ागर्न लागिएको जानकारी दिनुभयो ।

त्यस्तै इन्फोटेकमा नेपाली युवा विद्यार्थीलाई लक्ष्य गरी एन्ड्रोइड ट्याबलेट ‘नियो ट्याबलेट’को प्रदर्शनी तथा बिक्री, डेल ब्रान्डका चौथो पुस्ताका टच स्क्रिन ल्यापटप र नोकिया लुमिया सेरिजका लुमिया ६२५ र लुमिया ६२० मोबाइल प्रदर्शनी समेत गरिन बताईएको छ । स्थानीय भृकुटीमण्डपको सम्पन्न हँने प्रस्तुत कार्यक्रममा मुख्य प्रर्दशनी हलभित्र र हल बाहिर ब्रान्डिङ प्रदर्शनी कक्ष तीन, खाद्य कक्ष १५ लगायत २२१ कक्षमा ११९ कम्पनी सहभागी हुने जनाइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30