शुक्रबार, चैत्र १६, २०८०

पौडेलको उजुरीपछि पूर्वगृहमन्त्री जोशीको स्वतन्त्र उम्मेदवारी खारेज

काठमाडौं कात्तिक १८, पार्टीले टिकट नदिएपछि प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेसका नेता गोविन्दराज जोशीको  निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको छ ।  शुक्रवार काँग्रेसका वरिष्�� नेता एवं तनहुँ क्षेत्र नं १का आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलले आफूविरुद्ध बागी उम्मेदवार दिएका काँग्रेस नेता जोशीको उम्मेदवारी रद्दको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराएका उजुरीको छनविन पछि भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेजको निर्णय गरेको हो ।

 पूर्वगृहमन्त्री समेत रहेका जोशीविरुद्ध परेको उजुरीका सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले आयोगबाट निर्देशन माग गर्दै प्राप्त निर्देशन पछि जोशीको उम्मेदवारी बदर गर्न निर्देशन दिएको हो ।  स्मरण रहोस जोशीलाई विशेष अदालतले विसं २०६९ साउन १० मा भ्रष्टाचारी ठहर गर्दै चार करोड ३२ लाख बिगो र जरिवाना तथा डेढ वर्ष कैद हुने फैसला गरेको थियो ।