बिहिबार, बैशाख १३, २०८१

पोखरीमा डुबेर मृत्यु

 –धर्मेन्द्र कुमार यादव- 

महोत्तरी कार्तिक १ , महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा एक पुरुषको वेवारिशे अवस्थामा शव फेला परेको छ । जलेश्वर नगरपालिका ३ मलिवाराको एक पोखरीमा अन्दाजी ४० वर्षका पुरुषको शव बुधबार साँझ फेला परेको हो ।

शव प्रदीप झाको रहेको खुलेको छ । अत्यधिक मदिरा सेवन गरी पिसाव फेर्न गएको बेला पोखरीमा डुबेर मृत्यु भएको हुन सक्ने आशंका स्थानीयको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।