बुधबार, बैशाख १२, २०८१

पृथ्वीले बनाएको नेपाल विखण्डन हुन दिन नहुने

काठमाडौं पुस २७, देश विदेशका विभिन्न ठाऊँमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९७ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसैक्रममा काठमाडौंको बुढानिलकण्ठमा नेशनल मुभमेण्ट र नागरिक समाजको आयोजनामा सम्मपन्न कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले कार्यक्रमलाइ सम्बोधन गर्दै पृथ्वीनारायण शाहले बाइसेचौबीसे राज्यलाई एकिकरण गरेर नेपाल नबनाइदिएको भए अहिले हामीले नेपाली भन्न नपाउँने जिकिर गर्दै उहाँकैे योगदानको कारणनै हामी अहिले गर्वका साथमा नेपाली हुन पाएका हौं भन्नु भएको छ । साथै उहाँले पृथ्वी नारायणका दिव्योपदेशहरू हामीले मनन् गर्नुपर्छ त्यसले भावी पुस्तालाई पनि मार्गदर्शन गर्न मद्दत मिल्ने बताए

त्यस्तै कार्यक्रममा नेशनल मुभमेण्टका अभियन्ता पदमराज पाण्डेले नेपालीले पृथ्वीनारायण शाहलाई विर्सने हो भने नेपालमा सम्झन लायक अरु कोही पनि नभएको बताए ।

सशस्त्र प्रहरीका पूर्व एआइजी रोहित थापाले पृथ्वीनारायणले एकिकरण गरेको नेपाल अहिलेको भन्दा विशाल थियो, उनले देशको एकिकरण मात्रै गरेका होइनन् कि सधै एकिकृत रहिरहोस् भन्ने हेतुले दिव्योपदेश पनि दिएर छोड्नु भएको हो । देश बिगार्ने भनेको घुस लिने र दिने दुबै हुन् यिनको त जिऊ नै लिए पनि पाप लागन्या छैन भन्ने उहाँको उपदेशलाई जनताले चरितार्थ गर्न पर्ने बेला आएको बताउनु भयो । कार्यक्रममा विश्वजित देउजालगायतले मन्तव्य तथा कविता वाचन गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174