शुक्रबार, बैशाख ७, २०८१

पूर्व राजा शाहद्दारा अधिकारकर्मी तुलाधरको निधन प्रति दुःख ब्यक्त

 काठमाडौ कार्तिक १९, पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको निधन प्रति गहिरो दुःख ब्यक्त गर्नु भएको छ ।  मस्तिष्काघात भएर अस्पताल भर्ना भएका तुलाधरको ७८ वर्षको उमेरमा आइतबार नर्भिक अस्पतालमा उपचाररत् रहँदाकै अवस्थामा निधन भएको हो ।

पूर्वमन्त्री समेत रहेका तुलाधरको निधन प्रति दुःख ब्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिको कामना सहित शोकसन्तप्त परिवारप्रति धैर्य धारण गर्न सकोस भनी श्रद्धान्जली ब्यक्त गर्नु भएको उहाँका सहयोगी एवम् संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिनु भएको छ ।

स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । त्यस्तै सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031