शनिबार, बैशाख ८, २०८१

पूर्व प्रम कृष्णप्रसाद भट्टराईको आज ७ औं स्मृति दिवस मनाईंदै

काठमाडौ फागुन २०, आज पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको आज ७ औं स्मृति दिवस मनाईंदै छ ।  २ दशक काँग्रेस सभापतिको जिम्मेवारी वहन गरेका नेता भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो ।

त्यस्तै भट्टराई २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्रीबाट राजीनामा दिएपछि एउटा छाता, सुराही र टिनको बाकसमात्र आफूसँगै लिएर फर्केका भट्टराईलाई सन्त र आदर्श नेताको रुपमा लिइन्छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।