शनिबार, बैशाख ८, २०८१

पूर्व कुमारी शाक्य सम्मानीत

काठमाडौं मंसिर १६, का.म.पा. २४ वडा टोल सुधार समितिको आयोजनामा शनिवार राजधानीको इटुम्बहालमा पूर्व कुमारी मतिना शाक्यलाइ सम्मान गरिएको छ ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् आसन्न निर्वाचन अन्र्तगत प्रतिनीधी सभा सदस्यका उम्मेदवार समेत रहेका नविन्द्रराज जोशीको प्रमुख आतिथ्यतमा सम्पन्न उक्त सम्मान कार्यक्रममा पूर्व कुमारी शाक्यलाइ क्षेत्र नं ८ क बाट प्रदेश सभा सदस्यका उम्मेदवार राज्य लक्ष्मी श्रेष्ठ तथा का.म.पा.का उपमेयर हरि प्रभा खड्गी श्रेष्ठले   दोसल्ला ओढाई सम्मान अभिव्यक्त गर्नु भएको हो ।

त्यस्तै २४ वडा टोल सुधार समितिको तर्फबाट पूर्व कुमारीलाई परम्परागत रुपमा पूजा गरिनुका साथै नेवारी परम्परा अनुसार सगुन दिई सास्ंकृतिक सम्मान समेत गरिएको उक्त सम्मान कार्यक्रमका प्रमसअ अतिथी जोशीले यहाँको संस्कृति परम्परा रितिरिवाज आर्फैमा गौरवशाली रहेको र यसको संरक्षण सहित आगामी दिनको लागि नयाँ पुस्तामा हस्तान्तरण गर्नु हाम्रो परम दायित्व भएको बताउँनु भएको थियो । 

कार्यक्रममा का.म.पा. २५ वडाका वडाध्यक्ष श्री निलकाजी शाक्य का.म.पा. १९ वडाका वडाअध्यक्ष शशिलाल श्रेष्ठ, इटुम्बहालको संस्कारित केशचन्द्रकृत महाविहारका जेष्ठ थायपा श्री त्रिरन्त शाक्य, इटुम्बहाल टोल सुधार समितिका अध्यक्ष मनोज शाक्य लगायतको उपस्थिति रहेको सो कार्यक्रम २४ वडा टोल सुधार समितिका अध्यक्ष श्यामलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।