शुक्रबार, चैत्र १६, २०८०

पूर्वराजा ज्ञानेन्द्र शाह यसकारण जाँदैछन भारतको उडिसा

 साताव्यापी प्रस्तुत उडिसा भ्रमणको क्रममा धार्मिक तथा
सामाजिक कार्यक्रमको अलावा कूटनीतिक तथा राजनीतिक भेटघाटको कार्यक्रम

काठमाडौं माघ १७, पूर्वराजा ज्ञानेन्द्र शाह माघ २२ गते भारत जाने भएका छन् । भारतको उडिसामा आयोजित एक धार्मिक महोत्सवमा सहभागी हुन उनी भारत जान लागेका हुन् ।  उडिसामा जगदगुरु शंकराचार्य स्वामी निश्चलान्द सरस्वतीको १४५ औं पट्टाभिषेक पञ्चविंशति वर्षपूर्ति महोत्सवमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका उनका सहयोगीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । यस भ्रमणमा पूर्वराजाका निकटस्त मानिने पूर्व शाही पार्श्वर्ति विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय अध्यक्ष भरत केसर सिंह , महासचिव अस्मिता भण्डारी,उपाध्यक्ष अर्जुन वासतोला सहितको टोली पनि उडीसा जाने भएको समाचार स्रोतलेले जनाएको छ ।

समाचार स्रोतका अनुुसार नेपालका आम नागरिकको एकमात्र आस्थाको केन्द्र राजसंस्था रयसको पुर्नस्थापनाको लागि समयानुकुल विभिन्न अभियानको सञ्चालनमा  सक्रिय विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियलेनै उडिसामा जगदगुरु शंकराचार्य स्वामी निश्चलान्द सरस्वतीको १४५ औं पट्टाभिषेक पञ्चविंशति वर्षपूर्ति महोत्सवमा सहभागी हुने चांजो मिलाएको बताएको छ ।  पूर्वराजा शाहको एक साता व्यापी प्रस्तुत उडिसा भ्रमणको क्रममा धार्मिक तथा सामाजिक कार्यक्रमको अलावा कूटनीतिक तथा राजनीतिक भेटघाटको कार्यक्रम पनि रहेको स्रोतहरुले बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।