मङ्लबार, बैशाख ४, २०८१

पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमै सर्वसाधारणलाई टीका लगाइदिने

 काठमाडौ असोज २६ , पूर्वराजा ज्ञानेन्द्र शाहले बर्ष २०७५को  वडादशैको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । स्वास्थ्यका कारण गत बर्ष सर्वसाधारणलाई टीका लगाउँने कार्यक्रम नभएपनि यो वर्ष भने प्रर्वराजाले विजयादशमीको दिन दिउँसो ३ बजेदेखि टीका लगाउँने कार्यक्रम तय भएको बुझिएको छ ।

त्यस्तै निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाको साइत जुराइएको छ । पूर्वराजा ज्ञानेन्द्रले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसँग टीका लागाउने कार्यक्रम सकियसंगै दिउँसो ३ बजेदेखि निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम रहेको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।