शनिबार, बैशाख ८, २०८१

पूर्वकुमारीलाई नगद सहित सम्मान

काठमाडौं आश्विन १५, काठमाडौँ महानगरपालिका, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमले पूर्वकुमारीलाई सम्मान तथा भत्ता वितरण गरेको छ । राष्ट्रिय DSC_0135 पर्व इन्द्रजात्राको समापन संगै वसन्तपुरस्थित कुमारी घरमा पूर्वकुमारीलाई जनही रु एक लाख २० हजार भत्ता एवम् प्रशंसापत्र द्वारा सम्मानीत गरेको छ ।

सम्मान कार्यक्रममा विसं १९९९ सालमा जीवित देवीका रुपमा प्रतिस्थापित हुनुभएकी नानीशोभा शाक्यदेखि यस अघि अर्थात् विसं २०५८ सालदेखि २०६५ सालसम्म जीवित देवी कुमारीका रुपमा रहेकी प्रीति शाक्यसम्मका ४८ जना पूर्व कुमारीमध्ये ६ जनालाइ सम्मानित गरिएको थियो ।  आज सम्मानित हुने ८ पूर्व कुमारीहरुमा क्रमस नानीशोभा शाक्य, हर्षलक्ष्मी शाक्य, नानीमैयाँ शाक्य, सुनिना शाक्य, अनिता शाक्य, रस्मिला शाक्य, अमिता शाक्य र प्रीति शाक्य रहनु भएको छ । उहाँहरुलाई महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख नरेन्द्रविलास वज्राचार्यले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । फोटो :चन्द्रमणि भटटराइ